www.tandavnews.com
Fact ~ In search of truth

रोजगारीका लागी पानी

पोखरा ।

रोजगारीको खोजीमा देशका युवा दिनानुदिन विदेशिएको वास्तविकतामा पोखरा महानगरपालिका–३३ भरतपोखरीमा व्यवसायिकतासँगै रोजगारी अभिवृद्धिको लक्ष्यका साथ युवा सक्रियतामा पानी कम्पनी सञ्चालनमा आएको छ ।

पछिल्ला समयमा तीव्र रुपमा बजारीकरण भइरहेको भरतपोखरीको चैनपुर फेदीमा झण्डै डेढकरोड रुपैयाँको लागतमा हिल साइड ड्रिङकिङ वाटर प्रालि सञ्चालनमा ल्याइएको हो । कम्पनीका अध्यक्ष खगेन्द्रराज अधिकारीका अनुसार दैनिक १२ जनालाई प्रत्यक्ष रोजगारी दिन सकिने गरी सञ्चालनमा आएको उद्योगबाट दैनिक ५० हजार लिटर पानी बजारमा लगिने छ ।

Batas

उद्योगको उत्पादन ‘मिठो पानी’को आज यहाँ आयोजित शुभारम्भ कार्यक्रममा पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले भरतपोखरीमा विकासको क्रम तीव्र रुपमा बढिरहेका अवस्थामा औद्योगिकरणले पनि गति लिएको बताए । सञ्चालक गोपिराज तिवारीका अनुसार गतवर्ष चैत १८ गतेबाट उद्योग सञ्चालनका लागि प्रक्रिया थालिएको जानकारी दिँदै एकवर्ष समयावधिमा उत्पादन बजारमा पुर्याउन सकिएको बताए ।

पानीलाई पोखरासहित देशका प्रमुख शहर हुँदै अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउने दीर्घकालीन लक्ष्य राखिएको छ । अर्का सञ्चालक सुदनराज अधिकारीले उद्योग सञ्चालनसँगै केही युवालाई प्रत्यक्ष तथा धेरैलाई अप्रत्यक्ष रोजगारी दिन सकिने धारणा राखे ।रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.