www.tandavnews.com
Fact ~ In search of truth

गोरखाका सुकपाल गुरुङ पर्वतमा भेटीए मृत

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।

गोरखा जिल्लाका एक बृद्ध नागरिक पर्वत सदरमुकाम कुश्मा बजारमा मृत अवस्थामा फेला परेका छन ।

गोरखाको धर्जे गाउँपालिका ७ लापु घर भएका ६५ बर्षिय सुकपाल गुरुङ आज मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । लामो समयदेखि कुश्मामै मजदुरको रुपमा काम गर्दै आउनुभएका उनी आँपूm बस्दै आएको कोठामै मृत अवस्थामा फेला परेका हुन् ।

गुरुङको मृत्युको कारण के थियो भन्ने नखुलेको र अनुषन्धान भैरहेको पनि प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए। गुरुङको शवलाई पोष्टमार्टमको लागि पर्वत अस्पतालमा राखिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.