www.tandavnews.com
Fact ~ In search of truth

हामीले हाम्रो कला सँस्कृति अझै चिन्न सकेका छैनौँ :मन्त्री गुरुङ

पोखरा
ताण्डव न्यूज ।
कला सँस्कृती जगेर्ना गर्ने भनेर भने पनि हामीले अझै पनि हाम्रो कला सँस्कृतिलाइ चिन्न नसकेको आर्थिक तथा योजना मन्त्री किरण गुरुङले बताएका छन ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय नित्य निर्देशक कार्यशाला को उदघाट्न सत्रमा बोल्दै उनले यस्तो बताएका हुन ।नेपालीहरुको जुन कला सँस्कृती छन त्यसको अझै अध्ययन अनुसन्धान हुन सकेको छैन, अबको यो कार्यशालाले लोक कला सँस्कृतिको जगेर्ना गरेर लैजाने विश्वास लिएको छु, उनले भने ।

हामी लोक तथा साँस्कृतिक हिसाबले धनी छौ, हामी अरुको कपि गरेर कहिल्यै अगाडी बढन सक्दैनौँ अब आधुनिक रूपमा विकासलाई अगाडी लैजानु पर्छ, उनले भने ।अनुशिलन कला पाठशालाका अध्यक्ष गोरे गुरुङले सँस्कृति जोगाउनको लागि विद्यालय बाटै पाठ्यक्रमको निम्ति सुरुवात हुनुपर्ने बताएका छन । बेस स्कुलबाटै बसाल्नु पर्छ, उनले भने, अब नेपाली लोक सँस्कृति स्टेजमा मात्र देखाएर हुदैन ।

साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले गाउनु नाच्नु मनोरञ्जन मात्र नभइ साँस्कृती संरक्षक गर्नु रहेको बताएका छन् । नित्य नाच्नु मात्र नभइ अध्ययन गर्नुपर्छ, उनले भने, त्यसैले पनि हामीले यस कार्यशालाको आयोजना गरेका हौँ ।

साँस्कृतिक सस्थान तथा अनुशिलन कला पाठशालाको सहआयोजनामा सुरु भएको कार्यशालामा ३७ विभिन्न ठाँउका साँस्कृतिक नित्यहरु देखाइने छ ।हिजो शुक्रबारदेखि सुरु भएको कार्यशाला २६ गतेसम्म संचालन हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.