www.tandavnews.com
Fact ~ In search of truth

सिद्धार्थ राजमार्गमा बन्ने भयो २ लेनको सडक

स्याङ्जा ।

वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गको आफ्नो सिमानाभित्र पर्ने सडक चौडा गरेको छ । जिल्लाकै मध्य भागमास्थित वालिङ नगरपालिकाले भिरको नगरपालिकाको सिमाना र गल्याङ नगरपालिकाको सिमानासम्म पर्ने सिद्धार्थ राजमार्गलाई चौडा गर्ने कार्यको शुरुवात गरेको हो ।

स्मार्ट वालिङ बनाउने अभियानका साथ अगाडि बढेको नगरपालिकाले आफ्नो नगरभित्र पर्ने सिद्धार्थ राजमार्गलाई दुई लेनको बनाउने उद्देश्यका साथ सडक चौडा गर्ने अभियानमा लागेको छ । करीब १२ किलो मिटरभित्र पर्ने ३१ वटा घुम्तीलाई चौडा गर्ने योजनाका साथै काम भइरहेको नगरपालिकाका प्रमुख दिलीप्रताप खाँणले जानकारी दिए ।

Batas

सडक साँघुरो हुँदा दुर्घटनाको सम्भावना उच्च रहेकाले ‘स्मार्ट सिटी’ अवधारणाका साथ अगाडि बढेको बताउँदै सडक विस्तारको काम तिव्र रुपमा अगाडि बढिरहेको जानकारी दिए ।अहिले दैनिक १२ घण्टा सडक विस्तारको काम भइरहेको छ भने पक्की संरचना निर्माण भएको ठाउँमा १६ मिटर र अन्य ठाउँमा २५ मिटर सडक चौडा गरिने नगरपालिकाले जनाएको छ । सडक चौडा गरिएसँगै बजार क्षेत्रमा पैदल यात्रीका लागि फुटपाथ समेतको निर्माण गर्ने योजनामा नगरपालिका रहेको छ ।

वालिङ नगरपालिकालाई स्मार्ट नगरका रुपमा स्थापित गर्नका लागि समग्र पक्षको विकास आवश्यक रहेको बताउँदै नगरप्रमुख खाँणले यो सडक विस्तार कार्य पनि त्यसैको एउटा अभियान भएको बताए । रासस

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.