www.tandavnews.com
Fact ~ In search of truth

दुई अपाङ्ग छोरालाई पाल्दैँ आएकी देवुकुमारीलाई ७७ हजार सहयोग

पोखरा ।

समाजसेवी चन्द्र मगरको पहलमा दुई अपाङ्गता भएका छोरालाई लालनपालन गर्दै आएका देवुकुमारी नेपालीलाई आज आर्थिक सहयोग गरिएको छ । पोखरा–१३ को विजयपुर डिही गाउँका नेपालीलाई तनहुँ शुक्लागण्डकी नगरपालिका–५ को बेलचौतारा बस्ने चन्द्र मगरले सङ्कलित ७७ हजार ५४० प्रदान गरेका हुन् ।

सहयोग रकममध्ये बेलायत निवासी दिपीन राईबाट २५ हजार, तुल थापामगरबाट १० हजार, रेखा थापामगरबाट १० हजार र नारायण आलेमगरबाट १५ हजार, हङ्कङ निवासी विपीन थापामगरबाट पाँच हजार ५००, बरुनाइ निवासी भक्त मगरबाट पाँच हजार, दक्षिण कोरिया निवासी चन्द्र दर्लामीमगरबाट पाँच हजार, तनहुँ, बेलचौतारा निवासी खिमाया थापामगरबाट एक हजार २० र रञ्जु रानामगरबाट एक हजार २० रुपैयाँ रहेको समाजसेवी मगरले जानकारी दिए ।

Batas

छिमेकीका बाख्रा चराएर गुजार गर्दै आएका नेपालीले ३४ वर्षीय शिव र ३२ वर्षीय चेतबहादुरको लालनपालन गर्दै आइरहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.