गुल्मी, ताण्डव न्यूज ।
गुल्मीमा जिप दुर्घटना हँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-५ का पूर्व सांसद ७२ वर्षीय रुद्रमणि भण्डारी र मालिका गाउँपालिका -१ नेटाका ८ वर्षीय वशकर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
लु१ज १९५७ नं को जिप मालिका गाउँपालिका दर्लिङदेखि बुटवलका लागि छुटेको जिप मुसीकोट नगरपालिका १ चैनडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिए। जिप सडकदेखि १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि सदरमुकाम तम्घास ल्याइँदै गरेको प्रहरीले जनएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.