पोखरा
ताण्डव न्यूज ।
बारा र पर्सा जिल्लामा हाराहुरीबाट घरबार विहिन भएका जनताको घर निर्माणको लागि गण्डकी सरकारले एक लाख रुपैयाँ सहयोग पठाउने निर्णय गरेको छ । गण्डकी सरकारको बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले बारा पर्साका हावाहुरी पिडित जनताको आवास निर्माणको लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवत्ता एवं भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए । बस्नेतले उक्त सहायता रकम प्रदेश २ को खातामा पठाइने बताए ।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको विपत व्यवस्थापन कोषबाट उक्त एक करोड रुपैयाँ सहयोग गर्न बिहीबारको मन्त्री परिषदमा प्रस्ताव पेश गरेको थियो ।

यहि चैत १७ गते बारा र पर्सामा गएको हावाहुरीमा परि २९ जनाको ज्यान गुमाएका थिए । टोनार्डाे नाम दिइएको उक्त हावाहुरीले सयौँलाई घाइते बनाएको थियो भने सयौँको घरमा क्षति पु¥यायो । विज्ञहरुले पोखरामा उत्पन्न भएर चितवत हुँदै बारा पर्सा पुगेर हावाहुरीले क्षति पु¥याएको बताएका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.