www.tandavnews.com
Fact ~ In search of truth

नारी जागरण अभियानद्धारा श्रमिक महिलालाई सहयोग

पोखरा ,
ताण्डव न्यूज ।

समाजमा उल्लेखनीय काम गर्दै आएको नारी जागरण अभियान पोखराले श्रमिकहरुलाई सेफ्टी सामग्री सहयोग गरेको छ ।

पोखरा १४, बाच्छेबुडुवा ल्याण्डफिल्ड साइडका ७५ जना श्रमिकहरुलाई पन्जा, गमबुट, मास्क हस्तान्तरण गरेको हो । कार्यक्रममा श्रमिकहरुलाई काम गर्दा कसरी सुरक्षित रहने भन्नेबारेमा स्वास्थ सम्बन्धी जानकारी समेत दिइएको थियो ।

Batas

अभियानका संयोजक अन्जु के.सीले नारी जागरणको उद्देश्यमाथि प्रकाश पार्दै आफ्नो संस्थाले पिछडिएका वर्गलाई लक्षित गरेर काम गर्दै आएको बताइन् ।पोखरा १४ का अध्यक्ष प्रेम बहादुर कार्कीले ल्याण्डफिल्डमा काम गर्दै विज्ञान विषय पढने श्रमिक छात्रा मिनाकुमारी रानालाइ आगामी शैक्षिक शत्रका लागि २० हजार रुपैयाँ सहयोग घोषणा गरे ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले नारी जागरण अभियानले समाजमा निकै राम्रो काम गर्दै आएको भनी प्रशंसा गरे । सबै वर्गका लागी स्वास्थ्य नै सबै भन्दा महत्वपुर्ण कुरा रहेको उनले बताए ।

कार्यक्रममा पोखरा महानगरका प्रवक्ता तथा वडा नं –५ का अध्यक्ष धनबहादुर नेपाली, वृहत सरसफाई अभियानका अगुवा रामबहादुर पौडेल,अभियन्ता सुनिता श्रेष्ठ, महानगर सरसफाई शाखाका प्रमुख कल्पना बरालले भनाई राखेका थिए

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.