www.tandavnews.com
Fact ~ In search of truth

लुक्लामा विमानले हेलिकोप्टरलाई ठक्कर दियो, प्रहरीका असइ र काेपाइलटकाे मृत्यु

सोलुखुम्बु– लुक्लामा पार्किङ गरिएको हेलिकोप्टरमा विमानले ठक्कर दिएको छ ।

समिट एयरको विमानले हेलिकोप्टरमा ठक्कर दिँदा ती जनाको निधन भएको छ ।

नेपाल वायुवेवा निगमका निर्देशक युवराज अधिकारीका अनुसार विमानले हेलिकोप्टरमा ठक्कर दिँदा तीन जनाको घटनास्थलमै निधन भएको छ ।

Batas

जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हो ।

आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयरको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो ।

जहाजमा चालकदल बाहेक यात्रु भने नभएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए । दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एयर होस्टेज घाइते छन् । क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्री एयरका हेलिकप्टरसित ठोकिएको थियो ।

दुर्घटनाका क्रममा धावनमार्गमा रहेका एक प्रहरी समेत घाइते भएका छन् । दुर्घटनाबाट हेलिकप्टरमा दुवै हेलिकप्टरमा क्षति पुगेको छ ।

घटनाबारे थप विवरण संकलन भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.