पोखरा ।
ताण्डव न्यूज साप्ताहिक तथा ताण्डव न्यूज डटकम पोखराका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको घटनामा नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा ताण्डव न्युज साप्ताहिकका सम्पादक अर्जुन गिरीमाथि विपिन बतास (ठगि प्रकरण) समाचार प्रकरणमा साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरि जिप्रका कास्कीद्वारा पक्राउ गरि काठमाण्डौ पठाइएको घटनाको महासंघ कास्कीले आपत्ति जनाएकाे उल्लेख गरेका छन् ।

‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गरेको छ ‘ विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै महासंघले पत्रकार गिरीलाई अविलम्ब रिहाइको माग समेत गरेको छ ।
यो पढ्नुहोस्
ठग ! बदमास विपेन्द्रराज बतास
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.