www.tandavnews.com
Fact ~ In search of truth

१४ कुष्ठ प्रभावितलाई युनाइटेड क्लबद्वारा खाद्यान्न

पोखरा ।

युनाइटेड क्लबद्वारा पोखरा–१५ टुटुङ्गास्थित नेपाल कुष्ठरोग निवारण सङ्घ आरोग्य आश्रममा बसोबास गर्ने १४ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

क्लबको नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित सो कार्यक्रमअन्तर्गत चामल, दाल, तेल, सावुनलगायत फलफुल गरी कूल १० हजार रुपैयाँ मूल्य बरावरको सामग्री वितरण गरेको हो ।

Batas

महोत्सवको माध्यमबाट यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रर्वद्धन र सेती नदी संरक्षणमा जोड दिँदै आएको क्लबका सहकोषाध्यक्ष निर्मला लामिछानेले जानकारी दिए ।

नेपाल कुष्ठ रोग निवारण सङ्घ पोखरा आरोग्य आश्रमका अध्यक्ष नारायण शर्माले क्लब स्थापनाकालदेखि नै सामाजिक सेवामा समर्पित हुन सफल भएको उल्लेख गर्दै निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

क्लबले पोखराको लेखनाथस्थित पचभैयामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा खुला चिडियाखानाको निर्माणसँगै विभिन्न विद्यालयलाई शैक्षिक सामग्री वितरण, सेती नदी संरक्षणजस्ता विभिन्न सामाजिक कार्यक्रममा जुट्दै आएको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.