www.tandavnews.com
Fact ~ In search of truth

कलिला गलामा मृत्युको पासो

 

 

 

 

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

सुसाइड अर्थात् आत्महत्या । विश्वका हरेक कुनामा यो समस्या छ । विभिन्न विश्वविद्यालयका जर्नलहरुलाई मान्ने हो भने ‘तनाव’कै कारण मानिस आत्महत्याको बटो रोज्छन् ।

घरायसी तनाव, आर्थिक, धोका, धपडी, आदी इत्यादी आत्महत्याका मुख्य कारक हुन् । विकासोन्मुख राष्ट्र नेपालमा मात्रै होइन अति विकसीत राष्ट्रमा समेत आत्महत्याको अवस्थालाई ‘सक् न्यूज’का रुपमा लिन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष आठ लाख बढी व्यक्तिले आत्महत्या गर्छन् । झुण्डिएर र विष सेवन गरी आत्महत्या गर्नेको संख्या उच्च छ ।
गरिबी, सामाजिक मूल्यमान्यता, मानसिक समस्या, विभिन्न प्राकृतिक विपत्ति, बसाइँसराइ, प्रेममा असफलता लगायतका कारणले आत्महत्याका घटनामा वृद्वि भएको बताइन्छ ।

कलिलो उमेरमै गलामा पासो

नवलपुर , कावासोतीको सेन्ट जोसेफ स्कूलमा कक्षा ९ मा पढ्ने १४ वर्षका आर्यन रामदाम २०७१ मंसीरमा घरमै झुण्डिएर । पढाइमा ध्यान नदिने र अनुशासनहीन भए भनेर उनलाई आमाकै अगाडि सहायक प्रिन्सिपलले स्कूलमा गाली गरे ।

आफूलाई फटाहा सावित गरेर बेइज्जत गरेकोमा आर्यन दुःखी भए । पढाइ बिगारिरहेको छोरोलाई प्रिन्सिपलले आफ्नै अगाडि गाली गरेर सुधार्ने प्रयास गरेकोमा आमा भने खुशी भइन् । स्कूलले आमासँगै आर्यनलाई दिउँसै घर पठाइदियो ।

आमाभन्दा अघि उनि घर पुगे । आमा घर पुग्दा सिलिङको पंखामा झुण्डिएररहेका थिए ।

….

०७५ भदौ २५ गते पोखरा लभ्लीडाडामा बाँझापाटनकी शशी नेपाली र स्याङजा पुतलीबजारका मनबहादुर भण्डारी झण्डीएको अवस्थामा फेला परे । एउटै डोरी पासो लगाएर उनिहरुले आत्महत्या गरेका थिए ।

आत्महत्या गर्नेमध्ये बाँझापाटनकी शशी नेपालीको उमेर १५ वर्ष मात्रै भएको थियो । परिवारले आफुहरुको सम्बन्ध स्वीकार नगरेकाले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको थियो ।

भदौ ११ देखि परिवारको सम्पर्कमा नरहेका उनिहरुले आफन्तलाई ‘हामीलाई एक अर्कासँग सँगै बाँच्न दिने र नछुटाउने भए आउँछौ नत्र आउँदैनौ भनेका थिए ।’

०७५ भदौ ११ गते कास्की पुम्दीभुम्दी स्थित कोदी घर भई छोरेपाटन उच्च मावी कक्षा १०मा अध्ययनरत १८ वर्षीया सुस्मीता लामिछाने फोवातालमा मृत भेटिइन् ।

राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज गरेर उनी बेपत्ता भएकी थिइन् । उनको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको थियो ।
….

०७१ साउन १ गते ५ वर्षिय बालकले आत्महत्या गरेको समाचार आयो । ५ वर्षिय बालकले के सोचेर आत्महत्या गर्यो ? जब आत्महत्याबारे कारण थाहा भयो, सबै अचम्मीत भए ।

Lama collectio News Middle

छिमेकमा एक व्यक्तिले आत्महत्या गरेपछिको दृश्य हेर्न पुगेका ओखलढुङ्गा जिल्लाका १२ वर्षीय सिद्धार्थ कोइराला झुण्डीएका थिए ।  झुन्डिएको हेरेर आएपछि यसरी पनि मरिन्छ र भन्दै आफन्तसित सोधेको प्रहरीले जनाएको थियो ।

बालबालिकाले आत्महत्या किन गर्छन् ?

‘वि नट टु डाई अलोन’की लेखीका डा. मेरिलिन मेन्डोजा भन्छिन् ‘बाल्य मस्तिष्कले मृत्युबारे बुझेको हुँदैन । उनिहरुले अरुको सिको नै गर्ने हुन् । बालबालिका जसले राम्रोसँग दुनियाँ बुझेका छैनन् उनीहरुलाई आत्महत्या गर्नुपर्ने अवस्थाबाट जोगाउन बालबालिकाको चिन्ता, तनावलाई बुझ्नु आवश्यक छ ।’

बालबालिकामा डिप्रेशनको समस्या पनि बढ्दै गएको डा. मेन्डोजा बताउँछिन् । बालबालिकाहरुले आफ्ना मनमा लागेको खुसी वा दुख देखाउन व्यक्त गर्न सक्दैनन् । तर उनीहरु पनि गम्भीर किसिमको डिप्रेशनको शिकार भएको हुनसक्छन् ।

ठूला मानिसले जस्तो उनीहरुले आफुलाई डिप्रेशन भएको थाहा पाउन सक्दैन। अभिभावकले उनीहरुको व्यवहारमा भएको परिवर्तनलाई ध्यान दिइरहनुपर्ने उनको तर्क छ ।  भन्छिन् ‘बच्चालाई तनाव भएको बेला उनीहरुको व्यवहारमा फरकपन देखिनसक्छ । रमाइलो नमान्ने, रिसाउने, एक्लै बस्ने जस्ता व्यवहार देखिएमा अभिभावक सचेत बन्नुपर्छ ।

घरको वातावरण, विद्यालयको वातावरण, साथीभाईसँगको वातावरण, वंशाणुगत कारणले पनि उनीहरुलाई डिप्रेशन हुन सक्छ ।

विज्ञहरूका अनुसार अभिभावक र शिक्षकले आफूलाई वास्ता नगरेको ठानेर बालबालिका मर्माहत भएका हुन्छन् । छिमेकीका छोराछोरीसँग तुलना गरेर आफ्ना छोराछोरीलाई कमजोर वा नराम्रो भनेर गाली गर्नु, साथीहरूका जस्ता लुगा, खेलौना, पुस्तक आदि किनिमाग्दा नपाउनु, बालबालिकाको बौद्धिक क्षमता भन्दा बढी स्कूलले गृहकार्य दिनु आदि कारणले बालबालिका हतास हुने गर्छन् ।

त्यति मात्र होइन कक्षामा जान्ने विद्यार्थीलाई मात्र शिक्षकले प्राथमिकता दिनाले बालबालिकामा म केही होइन रहेछु, सबै जान्ने, बुझने र काम लाग्ने छन् म मात्र यस्तो कमजोर रहेछु भन्ने भावना विकास हुन्छ ।

यस्तो बेला बालबालिकामा ‘ध्यान न्यूनताको समस्या’ हुन्छ । यस समस्यालाई अंग्रेजीमा ब्ततभलतष्यल म्भाष्अष्त म्ष्कयचमभच अर्थात् एडीडी भनिन्छ ।
एडीडी भएका बालबालिका प्रायः एकै ठाउँ नबस्ने, चकचके वा चाहिने भन्दा बढी सक्रिय हुन्छन् ।

धेरै कडा गर्ने बाबुआमासँग बालबालिकाले आफ्ना समस्या भन्न सक्दैनन् । होमवर्क गर भन्दै छोराछोरीको छेउमै बस्ने, यति पढिसक भन्दै कराइरहने, टिभी नहेर्न दबाब दिने, उनीहरूले हेरिरहेको च्यानल जबरजस्ती परिवर्तन गरेर अर्को च्यानल हेर्न दबाब दिएर आफूसँगै राख्ने आदि अवस्थालाई घरघरमा छोराछोरीलाई ‘समय दिएको’ मानिन्छ । तर यसलाई बालबालिकाले मोनिटर वा गार्डको रूपमा मात्र लिएका हुन्छन् र बाबुआमाको अनुपस्थितिमा स्वच्छन्द हुन चाहन्छन् ।

विज्ञहरुका अनुसार विभिन्न प्रविधिले पनि बालबालिकाको मस्तिष्कमा असर पार्न सक्छ । फिल्म, टेलिभिनमा प्रशारण हुने टेलिसिरियलले पनि बच्चाहरुलाई आत्महत्या गर्नमा बल पुर्याउँछ ।

आत्महत्याबाट कसरी बचाउने ?

पहिला त लक्षण पत्ता लगाउन जरुरी छ । कुनै मानिसलाई आत्महत्याबाट बचाउने काम निकै चुनौतिपूर्ण हो । आत्महत्याको लक्षण देख्ने बित्तिकै उसलाई सबै भन्दा पहिला मानसिक परामर्श दिन जरुरी छ ।

परिवार, साथीभाइ र नजिककाले परामर्श दिएर नभए मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नु पर्छ । उसमा रहेको नकारात्मक विचारलाई हटाउने र नयाँ शैलीमा बच्न सिकाउनु पर्छ ।

प्रत्यक्ष निगरानीमा उपचार

डा. निर्मल लामिछाने
मनोचिकित्सक

मानसिक समस्याको कारण आत्महत्या हुने गर्छन् । तथ्याङ्क हेर्ने हो भने ९५ प्रतिशत मान्छे मानसिक समास्याकै कारण आत्महत्या गरेको पाइन्छ । आत्महत्या गर्ने सोच राखेको मानिस तनाव अनि उदास देखिन्छ ।

कोहीले आफ्नो नजिकको मान्छे परिवार वा साथीभाइ त्यो कुरा सेयर गरेको हुन सक्छन् । केहीले आत्महत्या गर्नु अघि त्यस्तो क्रियाकलाप देखाउने गर्छन् जसबाट अनुमान लगाएर परामर्श दिन सकिन्छ ।

पछिल्लो समय समाजमा आत्महत्या जटिल समस्या भन्दै गएको छ । यसलाई न्यूनीकरण गर्न सबैले ध्यान दिनुपर्छ । राज्यले पनि अब यस सम्बन्धी गम्भीर भएर मानसिक रोगको लागि छुट्टै प्रकारको व्यवस्था गर्नुपर्छ ।

जस्तो कि उदासपन भएको मान्छेलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराउने हो भने ५० प्रतिशत आत्महत्याको घटना कम भएर जान्छ, यो मेरो दाबी हो ।

केही तनाव, पीडा या समस्याकै कारण आत्महत्या गर्छन् । कुनै पनि मानिसले भर्खरै सोचर आत्महत्या गर्दैन् । यदि उसले आत्महत्या गर्न खोजेको छ भने उसले केही लक्षण देखाउँछ । ‘क्राई फर हेल्थ’ भनेको उसले त्यो अवधिमा आफ्नो साथीभाइ, परिवार, जनिकको मान्छेलाई त्यो खाल्को अस्वभाविक व्यवहार देखाउँछ ।

त्यस्तो बेला पहिचान गरेर सम्बन्धी व्यक्तिले परामर्श दिने हो भने उसले आत्महत्याको बाटो रोज्दैन । त्यस्तो मानिसलाई परिवार र साथीहरुले सकारात्मक तरिकाले परिवर्तन गर्न सक्छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery