www.tandavnews.com
Fact ~ In search of truth

रिना हत्या छानबिनको माग गर्दै पथरीमा प्रर्दशन, प्रहरी र स्थानीयबीच झडप

पोखरा,
ताण्डव न्यूज ।

मोरङको पथरी शनिश्चरेमा शनिबार नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेतको हत्या भएको भन्दै छानबिनको माग गर्दै आन्दोलित बनेका स्थानिय र प्रहरी बीच झडप भएको छ ।

घटनाको विषयमा प्रहरी प्रशासनले चासो नदेखाएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिए पछि पथरी तनावग्रस्त बनेको छ । आन्दोलित आक्रोशीत स्थानीयले प्रहरी कार्यालय पथरीमा आज (मङगलबार) ढुंगा प्रहार गर्दा झडप भएको हो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

Batas

वैशाख ६ गते राति पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँगै ११ बजे कोठा फर्किएकी बस्नेत ७ गते बिहान आफ्नै कोठा अगाडिको बाटोमा निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.