गोरखा
ताण्डव न्युज ।
गोरखाको पालुंटार नगरपालिका ५ को दोभान बगर रयालेलाई मुख्यमन्त्री वातावरण नमुना कृषि गाउँ बनाइने भएको छ ।
उक्त क्षेत्रका करिब ७० घरधुरी कृषकलाई समेटेर नमुना कृषि गाउँ बनाउने कार्यक्रमको बुधबार गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमी ब्यवस्था मन्त्री लेखबहादुर थापाले सुरुवात भएको घोषणा गरे । मन्त्री थापाले यस क्षेत्रलाई कृषिबाट नै पहिचान दिनसक्ने बनाउन किसानहरुलाई अनुरोध तथा शुभकामना दिए ।
३० लाख रुपैयाँ बजेट रहेको उक्त कार्यक्रमका लागि कृषिका जुनसुकै ब्यवसायिक योजना बनाएर काम गर्न सकिन्छ ।
उक्त कार्यक्रम सञ्चालन समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्य, पालुंटार नगरपालिका प्रमुख दिपकबाबु कँणेल लगायतले उक्त कार्यक्रम सफल बनाउन सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.