www.tandavnews.com
Fact ~ In search of truth

दिवङ्गत बुबाआमाको स्मृतिमा ५ लाख अक्षयकोष

बेनी ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँट निवासी इञ्जिनीयर चन्द्रकुमार सुवेदीको परिवारले दिवङ्गत बुबाआमाको स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना गरेको छ ।

स्व .बुबा खडानन्द र आमा केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरी  पाँच लाख राशिको कोष स्थापना गरेको हो ।

सो कोषको ब्याज रकमबाट स्थानीय ज्ञानोदय माविमा निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, विद्यार्थीलाई छात्रावृत्ति तथा पुरस्कारमा खर्चिने प्रावधान बनाइएको प्रतिष्ठानका सदस्य एवं विद्यालयका पूर्वप्रध्यानाध्यापक नीलकण्ठ सुवेदीले जानकारी दिए ।

Batas

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका इञ्जिनीयर सुवेदीले निजी स्रोतबाट मावि तह सञ्चालन भएको विद्यालयको शिक्षाको गुणस्तर सुधारमा चौतर्फी सहयोग पुगोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताए । उनले कोषको पूँजी विस्तारका लागि समेत प्रतिष्ठानले समाजका अन्य सहयोग दातासँग आवश्यक समन्वय गर्ने बताए ।

अक्षयकोष स्थापनाकर्ता चन्द्रकुमार र सुधाकुमारी सुवेदी दम्पती संरक्षक रहेका प्रतिष्ठानमा विद्यालयका पूर्वप्रअ लक्ष्मीप्रसाद सुवेदी अध्यक्ष र विद्यालयका प्रध्यानाध्यापक सदस्यसचिव रहने गरी समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको प्रतिष्ठानको उपाध्यक्षमा पदेन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहने व्यवस्था गरिएको छ भने कोषाध्यक्षमा पदेन विद्यालयका लेखापाल रहने समितिको सदस्यमा बालकृष्ण सुवेदी, तारानाथ शर्मा, निलकण्ठ सुवेदी रहेका छन् । स्व. खडानन्द सुवेदी ज्ञानोदय माविको संस्थापक विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.