www.tandavnews.com
Fact ~ In search of truth

कालीकोटमा खेलाडी बोकेको जिप पल्टियाे !

ताण्डव न्युज । 

जिल्ला सदरमुकाम मान्मबजारदेखि करिब पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका लु१च ६४६४ नम्बरको जिप दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

madi
machhapuchre

खेलाडी र दर्शक बोकेको जिप जिल्ला अस्पताल मोडमा पल्टिँदा २५ जना घाइते भएका हुन्। प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रमस्थलतिर जाँदै गरेको रातो प्लेटको जिप अस्पतालको मोडमा बायाँतिर मोड्दै गर्दा पल्टिएर ५ जना महिला र २० जना पुरुष घाइते भएका छन्। पाँचजना यात्रुहरु बोक्न मिल्ने जिपमा २५ जनाभन्दा बढी यात्रु बोकेकाले जिप पल्टिएको प्रहरीको भनाइ छ।

Batas

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नवराज भट्टले जिप दुर्घटनामा घाइते भएका २५ जना मध्ये २ जना गम्भीर रहेको बताए। अर्जुन भारती र जयराज पाण्डे गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि रिफर गरिएको छ। बाँकी २० जना घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.