www.tandavnews.com
Fact ~ In search of truth

फरार अभियुक्त १२ वर्षपछि पक्राउ

धादिङ ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ ।

उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका आठ जनाले हत्या गरेका थिए । हत्यापछि शवसमेत गुपचुप राख्न जलाइएको थियो ।

घटनापछि मृतकका भाइ गमबहादुर विकले ४० वर्षीय सार्की विक, ५९ वर्षीय बमबहादुर विक, ३४ वर्षीय हेमडल्ला विक, ४५ वर्षीय पूर्णबहादुर विक, ३१ वर्षीय मङ्गले कामी, अमृता विक र पञ्चमाया विकविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरीको लामो अनुसन्धानपछि जिल्ला अदालत धादिङले विसं २०७४ मङ्सिर १९ गते अमृता र पञ्चमायालाई सफाइ दिएको र बाँकी सबैलाई कैद गर्ने फैसला गरेको थियो । फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैद्वारले सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

Lama collectio News Middle

घटनापछि संलग्न आठमध्ये फरार रहेका तीन जनालाई वैशाख ११ र १५ गते प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वैशाख ११ गते काठमाडौँको गौशलाबाट ४० वर्षीय सार्की विकलाई पक्राउ गरिएको थियो । उनलाई दुई वर्ष कैद तोकिएकाले जिल्ला अदालत पेश गरी कारागार पठाइएको छ ।

त्यस्तै आइतबार दुईलाई पक्राउ गरिएको छ । रुबिभ्याली गाउँपालिका–२ निवासी ५९ वर्षीय बमहादुर विकलाई तिप्लिङको कामीगाउँबाट पक्राउ गरिएको छ भने सोही ठाउँका ३४ वर्षीय हेमडल्ला विकलाई रसुवाको आमा छोदुङमो गाउँपालिका–५ प्राजुङबाट पक्राउ गरिएको छ । बमबहादुर र डल्ला दुवैलाई २० वर्ष कैद तोकिएको छ ।

घटनामा संलग्न गाउँपालिका–२ बस्ने ४५ वर्षीय पूर्णबहादुर विकलाई विसं २०६४ भदौ ११ गते नै पक्राउ गरिएको थियो । उनलाई पुर्पक्षमा १० वर्ष कैद जरिवाना तोकिएको थियो । त्यस्तै सोही ठाउँका ३१ वर्षीय मङ्गले कामी भन्ने डिलबहादुर विक विसं २०७३ जेठ ३ गते पक्राउ परेका थिए । उनलाई दुई वर्ष कैद तोकिएको थियो ।

अर्का आरोपी रुबिभ्यालीकै २८ वर्षीय कालु विकलाई २० वर्षको कैद तोकिएकामा उनको दुई वर्ष अगाडि नै मृत्यु भएको परिवारले प्रहरीलाई जानकारी दिएको छ । उनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery