www.tandavnews.com
Fact ~ In search of truth

‘कम बोल्ने भएपनि बदमास निकै गर्थे’

पाेखरा
ताण्डव न्यूज । 

२०३५ साल भदौ १ गते गार्खाको भिमसेन गाउँपालिकामा मेरो जन्म भएको हो । मेरो सानो अंकल विरगञ्जमा बस्नु हुन्थ्यो र म पनि अंकलसँगै बिरगञ्ज बस्थे । गार्खामा जन्मिएको भएपनि मैले विरगञ्जबाट स्कुल पढ्न सुरु गरे । अंकलको घरबाट नजिकै रहेको श्रीपुरा मावि बाट मेरो स्कुल लाइफ सुरु भयो ।

स्कुल जाने बाटोमा एउटा छाला उद्योग थियो । त्यो छाला उद्योगको पछाडि पट्टिबाट तातो पानी निस्किन्थ्यो, तर म भने सधैँ त्यही तातो पानीमा खेलेर बस्ने गर्थे । स्कुल जाने भनेर गयो तर तातोेमा पानीमा नै भुल्ने गरेपछि मलाई अंकलले अर्काे स्कुल चेन्ज गरिदिनु भयो ।

Batas

अंकल नेपालगञ्जमा जागिरे हुनुहुन्थ्यो । त्यसकारण पनि अंकलले मलाई आफ्नै अफिस नजिक भएको सिद्धार्थ माध्यमिक विद्यालयमा मलाई भर्ना गरिदिनु भयो । त्यसपछि अंकलले मलाई आफैले साइकलमा लैजानु हुन्थ्यो, र छुट्टि भएपछि भने म एक्लै फर्किने गर्थेँ । त्यो स्कुलमा मैले १ देखि ४ कक्षा सम्म मात्र पढे ।

त्यसपछि म जन्मभुमि गोर्खा फर्किए । गोर्खाको बृन्द्धावति माध्यमिक विद्यालय फेरि भर्ना भएँ । त्यहाँबाट मैले ५ कक्षाको पढाई सकेँ । त्यसपछि चितवनको पञ्चकन्या माध्यमिक विद्यालयमा मैले ६ र ७ कक्षा पढँे । त्यसपछि मैले ८, ९ ,१० जनजाग्रिते माध्यमिक विद्यालयबाट पूरा गरेको हो । २०५२ सालको मेरो एसएलसी हो । स्कुल लाइफमा मैले झन्डै ५ वटा विद्यालय फेरे ।

बाल्यकालमा म निकै नै चकचके स्वभावको थिएँ । मेरो एकजना भाई थियो । हामीसँगै स्कुल पढ्थ्यौ, स्कुल जाँदा पनि सँगै जान्थ्यौ । सधै बाटोमा जिस्किँदै हिँड्ने हामी स्कुल पुग्दा त एउटा क्लास सकिएको हुन्थ्यो ।

सानोमा म एकदम कम बोल्ने भएपनि मैले निकै बदमास गर्थे । मामा घर जाँदा खाना थप्नको लागि कहिल्यै माग्दिन थिएँ । कम बोल्ने भएकाले म स्कुलमा भने निकै आज्ञाकारी विद्यार्थी थिएँ । कसैले गालि ग¥यो भने पनि चुप्प लागेर बस्न गर्थे । तर जवाफ फर्काउन भने सक्दिन थिए ।

८ कक्षा पढ्ने बेला देखि नै राजनीतिमा संलग्न हुन थाले । त्यतिबेला मैले इकाइमा सचिव देखि अध्यक्षको पोष्टमा बसेर काम गर्न थालेको थिए । त्यसपछि नै राजनीतिमा हिँड्ने, संगठनमा बस्ने गर्न थालेको हुँ । स्कुल समयमा मैले औपचारिक रुपमा केहि प्रतियोगिताहरुमा सहभागी हुने थिइन ।

तर गाउँबाट फुटबल खेल्न जान्थ्यौ । तर स्कुलमा हुने निबन्ध, बक्तित्वकलाहरुमा भने कहिलेकाँहि भाग लिने गर्थे । अहिले मलाई सम्झँदा मैले सुरुमा पढेको स्कुल साह्रौ रमाइलो लाग्छ । र मेरो जिवनमा राजनीतिको पृष्ठभुमि रहेको चितवनको स्कुलको सम्झना अझै मेरो मनको रहेको छ ।

प्रस्तुतिः विनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.