www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.५४ बिन्दुले ओरालो लागेर २ हजार ९२९.२८ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ बिन्दुले ओरालो लागेर ५४५.६६ मा ओर्लिएको छ ।

नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २ सय २२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर रु ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ मूल्यमा खरिद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको छ ।

Batas

कारोबार भएका १३ वटै उपसमूहको सेयरसमेत ओरालो लागेको छ । त्यसमा बैंकिङ ४.१, व्यापार २२.५९, होटल तथा पर्यटन १७.४६, विकास बैंक ६६.८४, जलविद्युत् ३०.८३, वित्त २६.६७, निर्जीवन बीमा २७७.८६, उत्पादन ६७.३९, अन्य ८.७१, लघुवित्त २८.६२, जीवन बीमा १४४.६८, सामूहिक लगानी कोष ०.०३, लगानी ०.७८ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २७ करोड ३ लाख ७० हजार ५ सय २४ बराबरको कारोबार भयो । यस्तै, रैराङ हाइड्रोपावर रु २२ करोड ७९ लाख ८१ हजार, युनाइटेड मोदी हाइड्रोपावर रु २२ करोड ३४ लाख ३२ हजार ६ सय ३८, एनआइसी एशिया बैंक रु १५ करोड ७३ लाख २६ हजार ५ सय ६७ र नेशनल हाइड्रोपावर रु ११ करोड ८७ लाख ८० हजार ६ सय ६१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रैराङ हाइड्रोपावर ५.०४, एनआइबिएल समृद्धि फण्ड एक ३.९४ र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ३.४६ प्रतिशतले कमाए ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनी ५.५६, सिटिजन म्यचुअल फण्ड ३.७७, लाइफ इन्स्योरेन्स कम्पनी ३.६४, अजोड इन्स्योरेन्स ३.५० र एनआरएन इन्फास्ट्रक्चरको सेयरधनीले ३.२० प्रतिशतले गुमाए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.