www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा रोटरी डिष्ट्रिकको १२ औँ डिष्ट्रिक कन्फरेन्स माघ २४ देखि

प्रतिक्षा बाँस्तोला/विद्यार्थी पत्रकार
ताण्डव न्यूज/पोखरा

रोटरी डिष्ट्रिक ३२९२ को १२ औँ डिष्ट्रिक कन्फरेन्स हुने भएको छ । कन्फरेन्स यहि माघ २४ देखि २६ गते सम्म हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

पोखराको नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा हुने कन्फरेन्समा २५ सय भन्दा बढी रोटरीयनहरु सहभागी हुने कन्फरेन्स चेयर गोपाल ध्वजुले जानकारी दिए। ध्वजुको अनुसार नेपाल, भारत, भुटान, अमेरिका लगायतका विभिन्न मुलुकका रोटयरीयन सहभागी हुनेछन् ।

कन्फरेन्समा रोटरी इन्टरनेशनलका प्रेसिडेन्ट शेखर मेहताको प्रमुख आतिथ्यता रहने जनाइएको छ । त्यसैगरि विशिष्ट अतिथिका रुपमा रोटरी इन्टरनेशनका अध्यक्षका प्रतिनिधी एन्ड विसेट एसवोल , नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई ,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायत अन्य मन्त्रीको सहभागीता रहने जनाइयो ।

कन्फरेन्समा सहभागीहरुबीच फेलोसिप, विभिन्न विषयमा विज्ञ वक्ताहरुको प्रस्तुती, छलफलमार्फत रोटरीयन र उनका परिवारहरुलाई नयाँ ज्ञान अनुभव, भेटघाटका साथै आत्मियता र असल भाइचाराको सम्बन्ध विकास गर्ने अवसर प्रदान गरिने कन्फरेन्स–को चियर रविप्रसाद बरालले बताए ।

कन्फरेन्समा विभिन्न देशका राजदुतहरुले समेत सम्बोधन गर्ने समेत उल्लेख गरिएको छ ।

कन्फरेन्सको पूर्वसन्ध्यामा यहि माघ २३ गते काठमाडौं देखि पोखरा सम्म करिब ६० भन्दा बढीको संख्यामा कार र्याली हुने भएको छ । सोही दिन पोखरा रगंशालामा गर्भनर सुपर सिक्स कप क्रिकेट खेल समेत हुने डिष्ट्रिक गर्भनर किरनलाल श्रेष्ठले जानकारी दिए ।

डिष्ट्रिक कन्फरेन्स सफल पार्नका लागि रोटरी क्लब अफ पोखराका अध्यक्ष गोपाल ध्वजुको नेतृत्वमा १३ सदस्य मुल आयोजक समिति र २९ वटा विभिन्न उपसमिति गठन भएको छ ।

गण्डकी प्रदेशका १६ वटा रोटरी क्लबले कन्फरेन्सको आतिथ्यता प्रदान गरेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.