www.tandavnews.com
Fact ~ In search of truth

टप्सको बदमासी : कालिखोलाको डिलमा ट्रिपरले फोहर खनाएपछि ५० हजार जरिवाना

पोखरा
ताण्डव न्यूज ।

‘विद्यार्थीलाई जहाँतहीँ फोहर फाल्न हुँदैन’ भनेर सिकाउने विद्यालयले उल्टै फोहर फालेको पाइएको छ । शनिबार पाेखरा महानगर वडा नं २० मुडुले चौतारा कालिखोला डिलमा एक ट्रिपरले रामघाटमा रहेकाे टप्स उच्च माविबाट फोहर ल्याएर फालेको हो ।

टप्सका प्रिन्सिपल रत्नमान गुरुङले फोहर फालेको स्वीकारेका छन् । उनले भने ‘महानगरले ०७२सालदेखिको फोहरको कर तिर्नुपर्छ भनेपछि अरु कुनै विकल्प पाइन । अनि त्यहाँ लगेर फालियो । यस अघि हामीले फोहर पुर्ने गथ्र्यौँ ।’

Batas
तस्विर : रामबहादुर पौडेलको फेसबुक वालबाट

ट्रिपर फालेको फोहरमा टप्सका लेटर प्याड, केही डकुमेन्ट्स देखिएपछि प्रिन्सिपललाई सम्पर्क गर्दा स्वीकारेका थिए ।

फोहर फालेको जानकारी पाइएपछि वडा नं २०का वडाध्यक्ष सिम गुरुङले फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम ५० हजार रुपैँया जरिवामा लगाइएको बताए । उक्त फोहर टप्सलाई नै सफा गर्न लगाइने उनको भनाई थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.