www.tandavnews.com
Fact ~ In search of truth

‘अपराधसम्बन्धी समाचारमा मिडिया संवेदनशील बन्नुपर्ने’मा जोड

काठमाडौँ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मिडिया जघन्य अपराधसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाले आज आयोजना गरेको ‘पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम’ को उद्घाटन गर्दै उनले अनुसन्धानलाई असर पुग्ने गरेर मिडियाले समाचार सम्प्रेषण गर्न नहुने बताए । सरकारी वकिल, नेपाल प्रहरी र पत्रकारबीचमा सुमधुर सम्बन्ध आवश्यक रहेको उनले औँल्याए । उनले भने, “कुनै पनि घटनामा मिडियाले के भएको हो भनेर घटना जस्ताको तस्तै प्रस्तुत गर्नुपर्छ, गलत सूचना दिनुहुँदैन ।”

Lama collectio News Middle

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले नेपाली मिडियाले धेरै सकारात्मक काम गरेको उल्लेख गरे । देशको सामाजिक र राजनीतिक परिवर्तनमा मिडियाले उल्लेखीय भूमिका निभाए पनि मिडिया आफैँ सच्चिनुपर्ने ठाउँ धेरै भएको उनको भनाइ छ । उनले भने, “हामी आफैँ सच्चिन नलाग्ने हो भने सरकारले जरिवानासहितको कानून बनाउन लागेको छ ।”

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाले महासङ्घलाई छुट्टै भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने बताए । मिडियाले सत्यतथ्य बुझेर मात्रै लेख्नुपर्नेमा उनको जोड छ । उनले भने, “दिनभर जनताको सेवा गरेर साँझ घर पुग्दा मिडियाले लेखेका गलत कतिपय कुरा देखेर निरास हुने गरेको छु ।”

कोञ्जेसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले गाउँपालिका शहरी क्षेत्रबाट नजिकै भएर पनि आर्थिक, सामाजिक रुपमा पछाडि परिरहेको उल्लेख गरे । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेलले महासङ्घले यहाँका स्थानीय तहसँगको सहकार्य र समन्वयलाई प्राथमिकता दिइरहेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop