www.tandavnews.com
Fact ~ In search of truth

नियम निलम्बन गरेर प्रदेश सरकारको बजेट (पूर्ण पाठसहित)

पोखरा
ताण्डव न्यूज ।

प्रदेश ४ को सरकारले प्रदेश सभा नियमावली २०७४ को नियम २१२ निलम्बन गरेर चालु आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रदेश सभाको बुधबारको बैठकमा पेश गरेको छ । बजेट ल्याउनु भन्दा कम्तिमा १५ दिन अघि प्रि बजेट ल्याउनुपर्ने उक्त नियममा उल्लेख थियो ।

प्रि बजेटमाथी प्रदेश सभाले १३ बैशाखमा मात्र छलफल भएकाले उक्त नियम निलम्बन गरेर बजेट प्रस्तुत गरिएको हो । प्रदेश ४ का एमाले संसदीय दलका नेता मायानाथ अधिकारीले प्रस्ताव गरेको नियम निलम्बन प्रस्तावमा माओवादी सांसद गायत्री गुरुङले समर्थन गरेकी थिइन् ।

Batas

प्रदेश सभामा आज आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट पेश गरे । उक्त बजेटमा पुँजीगत तर्फ ५४ करोड १ लाख २५ हजार र चालुतर्फ ४८ करोड ३ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेट संघीय सरकारले यसै आर्थिक बर्षका लािग प्रदान गरेको वित्तीय समानीकरण अनुदान हो ।

बजेटले प्रादेशिक संरचनाको प्रबन्ध गर्ने, लगानीमैत्री वातावरण बनाउने, रोजगारी सृजना गर्ने, गरिबी निवारण, भौगोलिक तथा सामाजिक सन्तुलन मिलाउने लगायतको उदेश्य राखेको अर्थमन्त्री गुरुङले बताए ।

बजेटले पर्यटन क्षेत्रको विकास र विस्तार, उर्जा, कृषिको व्यवसायीकरण, औद्योगिक विकास, पूर्वाधार निर्माण, सामाजिक विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ । बजेटमा अधिकांश पूर्वाधार विकासको सम्भाव्यता अध्ययनमा विनियोजन गरिएको छ ।

बजेटमा प्रदेश विपद् व्यवस्थापन कोषमा १ करोड विनियोजन गरेको छ । यस्तै, आकस्मिक कोषमा १ करोड र युवा लक्षित चुनौती कोषमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उक्त बजेट चालु आर्थिक बर्षभित्र अर्थात आउँदा असार मसान्तभित्र खर्च गरिसक्नुपर्नेछ । बजेट कार्यान्वयनको समय थोरै भएकाले तत्काल गर्न सकिने कामहरुमा केन्द्रित भएर बजेट विनियोजन गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । उनले भने, ‘यसै आर्थिक बर्षभित्र गर्न सकिने काममा मात्र बजेट विनियोजन गरेका छौं ।’

हेर्नुहोस्, बजेटको पूर्ण विवरण

http://moeap.p4.gov.np/downloadfile/budget_baktbya_1525261615.pdf

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.