www.tandavnews.com
Fact ~ In search of truth

आगामी साउन १ गतेदेखि जुलोजिकल पार्क खुल्ला गरिने

पोखरा ।

लेखनाथको पचभैयामा निर्माणाधीन अन्तराष्ट्रियस्तरको चिडियाखाना (जुलोजिकल पार्क) आगामी साउन १ गतेदेखि खुल्ला गर्ने तयारी गरिएको छ ।

सो चिडियाखानाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले साउन १ गतेदेखि सञ्चालनमा ल्याउने युनाइटेड क्लब पोखराका अध्यक्ष हिमालय बख्रेलले जानकारी गराए ।बृहत् पोखराको अवधारणाअनुसार पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर जुलोजिकल पार्क निर्माण कार्य तीव्र रुपमा बढाइएको हो ।

Batas

युनाइटेड क्लब पोखराको विशेष पहल एवंम् स्थानीयवासीको सक्रियतामा १३४ हेक्टर क्षेत्रफलमा जुलोजिकल पार्क निर्माण कार्य भइरहेको क्लबका अध्यक्ष एवम् पार्क निर्माण समितिका संयोजक बख्रेलले जानकारी गराए ।
पार्कभित्र वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा रहेको छ र हाल नीलगाई, अजिङ्गर, विभिन्न प्रजातिका चरा, मृग, बाह्सिंङ्गा, गिद्ध, वनबिरालो, बाँदरलगायतका जनावर राखिएको छ ।

क्लबले प्रत्येक वर्ष पोखराको अमरसिंहचौरमा गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याउने गरेको छ । पार्कभित्र वन्यजन्तु उद्धार केन्द्र निर्माणका साथै जनाबर राख्ने विभिन्न केज, वन्यजन्तुका लागि पानीट्याङ्की, प्रवेशद्वार, टिकटघर, बाटो निर्माणलगायतका कामलाई तीव्रता दिइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.