www.tandavnews.com
Fact ~ In search of truth

वालिङमा अवैध घरेलु मदिरा नष्ट

वालिङ ।

प्रहरीले चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ठूलो मात्रामा अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट गरेको छ ।

प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ५६५ लिटर तयारी अवैध घरेलु मदिरा र १०० लिटर मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

Batas

मङ्गलबार प्रहरीले इलाका प्रहरी कार्यालय रत्नपुर, प्रहरी चौकी चापाकोट, प्रहरी चौकी मल्याङकोट, अस्थायी प्रहरी पोष्ट दामाचौरबाट छुट्टाछुट्टै खटिएको टोलीले आफ्नो कार्यालयको जिम्मेवारीभित्र पर्ने स्थानबाट तयारी अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको तयारी मदिरा तथा कच्चा पदार्थलाई इलाका प्रहरी कार्यालय रत्नपुरमा स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरिएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.