www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा नौ महिनामा एक करोड २३ लाख बक्यौता असुल

दमौली।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा एक करोड २३ लाख तीन हजार ८६१ बक्यौता रकम असुल गरेको छ ।

चालू आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि चैत मसान्तसम्म विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटेर केन्द्रले बक्यौता असुल गरेको हो ।

Batas

सात सय ५८ ग्राहकले विद्युत् बक्यौता भुक्तानी नगरेको र लाइन काटेपछि ६५६ ग्राहकले बक्यौता रकम भुक्तानी गरेको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । उनका अनुसार बक्यौता बुझाउने ग्राहकको लाइन पुनः जडान गरिएको छ ।

केन्द्रले ६०औँ दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन दैनिकरूपमा काटेको छ । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको सात दिनभित्र महसुल बुझाउने ग्राहकलाई बिल रकमको दुई प्रतिशत छुट प्रदान गरिन्छ भने आठ दिनदेखि २२औँ दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्नेछ ।

गोशलीका अनुसार मिटर रिडिङ गरेको २३औँ दिनदेखि ३०औँ दिनसम्म विद्युत महसुल बुझाएमा पाँच प्रतिशत थप दस्तुर र ३१औँ दिनदेखि ४०औँ दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्नेछ । साथै ४१औँ दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर तिर्नुपर्ने हुन्छ ।

विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्ने व्यवस्था रहेको गोशलीले जानकारी दिए ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.