www.tandavnews.com
Fact ~ In search of truth

प्रेसमाथि लगाएको अंकुश बिरुद्ध युनियनको विरोध प्रर्दशन

पोखरा,
ताण्डव न्यूज ।

मिडियालाई नियन्त्रण राख्ने वर्तमान सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका विरुद्ध नेपाल प्रेस युनियन कास्कीले विरोध जनाएको छ ।

बिहीबार महेन्द्रपुलदेखि चिप्लेढुंगासम्म शान्तीपूर्ण विरोध प्रदर्शन गरी प्रेस स्वतन्त्रताको रक्षाको लागि माग गरिएको थियो । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले शाही कालको झल्को दिने सरकारले विधेयक ल्याएको बताए । उनले मिडियालाई आतंकित पारेर कलम बन्द गराउने खोज्ने सरकार बिरुद्ध सडकमा आन्दोलित हुनपर्ने बाध्यता रहेको औल्याए ।

Batas

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाले दुई तिहाइको बलियो भनिएको सरकारले प्रेसलाई कमजोर बनाउन खोजेको प्रति असहमति जनाए । ‘हामीले समाचार लेखेरै सरकारलाई तह लगाउनुपर्छ तर नसुन्ने सरकारलाई तह लगाउन सडकमा आउनुपरेको छ,’ उनले भने ।

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कमल पौडेल ‘अथक’ ले देशमा अर्को तानाशाही सुरु भएको अनुभव हुन थालेको बताए । ‘प्रेस माथि सरकारले धावा बोलेको छ ,’ उनले भने, ‘स्वतन्त्रताको अधिकार प्रत्याभुति गराउनको लागि भएपनि सरकारले ल्याएको विधेयक खारेज गर्नुपर्छ ।’

प्रेस युनियन गण्डक प्रदेश संयोजक टंक अधिकारीले संविधानमा टेकेर आएको सरकारले प्रेसलाई निरुत्साहित गरेको औल्याए । प्रेस संगठनका अध्यक्ष सन्देश श्रेष्ठले सरकारले प्रेसलाई कुन्ठित गर्ने प्रयास गरेको हुँदा खुलेरै बिरोध गर्नुपर्ने बताए ।

बिरोध कार्यक्रममा पत्रकार हिमनिदी लौडारी, प्रेस युनियनका सल्लाहकार डा. बलराम उपाध्याय, प्रेस युनियन केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले बोलेका थिए ।

प्रेस युनियनका कास्कीका अध्यक्ष नवीन सिग्देलले पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध ल्याएको विधेयक तत्काल सच्चाउनुपर्नेमा जोड दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.