www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङ जाँदै हुनुहुन्छ ? एप्लीकेसनबाटै बुक गर्नुहोस् म्याग्दी कोरला बसको सिट

पोखरा
ताण्डव न्यूज ।

गुणस्तरीय सेवा दिदै आइरहेको म्याग्दी कोरला यातायात प्रालिले यात्रुलाई थप सहजताको लागि मोबाइल एप्लीकेसन सुचारु गरेको छ । एप्लीकेसन सुचारु भएसँगै यात्रुले अब टिकटका लागि फोन या काउन्टर धाउनुपर्ने बाध्यता रहने छैन ।

स्थानीय एवं बाह्य पर्यटककालागि ‘मस्ट वान्टेड भेन्यू’ बनेको मुस्ताङ पुग्नका लागि म्याग्दी कोरलाले डिलक्स बस मार्फत सेवा दिदै आइरहेको छ ।

Batas

यातायात प्रालिका संचालक मध्येका प्रकाश पौडेलले भने ‘यात्रुकै सहजताको लागि हामीले एप्लीकेसन सञ्चालनमा ल्याएका हौँ । पोखराबाट जोमसोम मुक्तिनाथकालागि त यो सेवा भइहाल्यो नै, सँगै बेनी बाट काठमाडौँ आवतजावत गर्नेकालागि पनि यो सेवा उपलब्ध छ ।’ मुस्ताङ पुग्ने पर्यटककालागि एप्लीकेसन मार्फत बसको सिट बुक गर्ने व्यवस्था म्याग्दी कोरलाले पहिलो पटक सञ्चालनमा ल्याएको उनको भनाई थियो ।

गुगल प्ले स्टोरमा myagdi korala bus सर्च गरेर एप्लीकेसन डाउनलोड गर्न सकिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.