www.tandavnews.com
Fact ~ In search of truth

ठग : सहकारी लेखा प्रमुख दिलिप पक्राउ

काठमाडौँ
ताण्डव न्यूज ।

वनस्थली स्थित आधुनिक बहुउद्धेश्यीय सहकारी संस्थाका लेखा प्रमुखलाई एक वर्ष कैदको सजाय सुनाइएको छ । लेखा प्रमुख दिलिप कुमार चौधरीलाई जिल्ला अदालत काठमाडौंले एक वर्ष कैद र २० लाख ९५ हजार २ सय ६५ रुपैँया सजाय सुनाएको थियो ।

सहकारीकै सचिव इनद्र प्रसाद अर्यालको जाहेरीका आधारमा चौधरीलाई ठगी मुद्धा चलाइएको थियो । अदालतको फैसलापछि फरार रहेका चौधरीलाई ०७६ जेठ १०गते इटहरीबाट पक्राउ गरि फैसला कार्यन्वयनकालागि जिल्ला अदालत सुनसरी पेश गरिएको थियो ।

Batas

०६६ सालदेखि सहकारीमा लेखा प्रमुखको रुपमा रहेका चौधरीले ०६७/०६८मा पटक पटक गरी जम्मा हुन आएको २० लाख ९५ हजार २ सय ६५ रुपैया बैंकमा जम्मा गरेको छु भनि संस्थाको स्टेटमेन्ट लगायत कागजातहरु नक्कली बनाएका थिए ।

पक्राउ परेका दिलिपलाई जेठ १० गते नै कारागार कार्यालय झुम्का पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.