www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा उद्यमीको खोजी

पर्वत ।

हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउन जिल्लाका सबै स्थानीय तहमा उद्यमीको खोजी शुरु गरिएको छ । जिल्लाका सातै स्थानीय तहमा न्यून आय भएका युवायुवतीलाई उनीहरूको सीप र क्षमतामा आधारित उद्यमसम्बन्धी प्रशिक्षण दिन थालिएको हो ।

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा ४५० उद्यमी उत्पादन गर्न थालिएको हो । घरेलु तथा साना उद्योग विकास समितिले गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम ९मेड्पा० को सहयोगमा उद्यमी तयार गर्न थालेको हो ।

Batas

न्यून आय भएका समुदायलाई दिगो आयआर्जनमा सहभागी गराउन थोरै पूँजीमा सञ्चालन गर्न सकिने साना तथा घरेलु उद्यममा आधारित उद्यमी तयार पार्न थालिएको परियोजनाले जनाएको छ । सबै स्थानीय तहमा विभिन्न सीपमा आधारित तालीम सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले जनाएको छ ।

शाखाको आर्थिक सहयोगमा सङ्गम तालीम तथा परामर्श केन्द्र र जिल्ला लघुउद्यमी समूह सङ्घको सहकार्यमा उद्यमी उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ उद्योग विकास अधिकृत विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ ।

कार्यक्रमले विपन्न समुदायलाई बाँसका मुढा, ब्युटीपार्लर, च्याउखेती, प्लम्बिङ, विभिन्न घरेलु तथा वन पैदावरको उपभोग गरी सामग्री बनाउने हस्तकला र सीपमा आधारित तालीम सञ्चालन गर्दै आएको न्यौपानेले बताए ।

“अत्यन्तै कम आयस्तर भएका व्यक्ति छनोट गरेर सीपमा आधारित उद्यमी उत्पादन गर्ने गरी कार्यक्रम शुरु गरिएको हो”, न्यौपानेले भने, “सीप र आवश्यक प्रविधि हामी सहयोग गर्छौं । उद्यमीले जाँगर र तत्परता देखाउनुपर्यो ।” सीप सिकेका व्यक्तिले आफैँ लगानी गरेर लघु उद्योग चलाउनुपर्ने कार्यविधि रहेकामा आवश्यकताअनुसार घरेलुले सहयोग गर्ने न्यौपानेले बताए । तालीममा सहभागी हुन वार्षिक आय ३४ हजार ४३० भन्दा कम रहेका व्यक्ति छनोटमा परेका छन् ।

सेवामूलक संस्थासँंग तालीम तथा परामर्श केन्द्र र जिल्ला लघु उद्यमी सेवा सङ्घमार्फत् कार्यक्रम कार्यान्वयन भइरहेको फलेबास नगरपालिकाका प्रवक्ता टीकाराम गौंडेलले बताए । घरेलुका अनुसार कुश्मा नगरपालिकामा ५८, फलेवासमा ५८, मोदी गाउँपालिकामा ५८, जलजला गाउँपालिकामा ५८, बिहादी गाउँपालिकामा ५८, पैयुँ गाउँपालिकामा ५८ र महाशिलामा ५७ जना उद्यमी तयार हुने भएका छन् । यसअघि तालीम लिएका पुराना २४३ उद्यमीको सीप स्तरोन्नति गर्ने गरी तालीम सञ्चालन भइरहेको घरेलुले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.