www.tandavnews.com
Fact ~ In search of truth

आज देशैभर अदालत बन्द

पोखरा ।

आज देशैभरका अदालत बन्द रहेका छन् ।पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनमा आज देशभरका अदालत बन्द भएका हुन् ।

आज एक दिन देशभरका जिल्ला, उच्च, सर्वोच्च र विशेष अदालतका साथै न्यायाधीकरणका कार्यालयहरु पनि बन्द रहेको जनाइएको छ । यता पोखराका अदालतहरु बन्द रहँदा सेवाग्राही भने मर्कामा परेका छन् ।

Batas

अल्जाइमर रोगबाट गुज्रेका खत्रीको ९६ वर्षको उमेरमा गत बुधबार निधन भएको थियो । उनलको हिजो अन्त्येष्टि गरिएको थियो ।

खत्री ९ वर्ष प्रधानन्याधीश भएका थिए । २०३३ साल साउन २४ गतेदेखि २०४२ मङसिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.