www.tandavnews.com
Fact ~ In search of truth

नीति तथा कार्यक्रम ल्याउने तयारीमा पोखरा महानगर

पोखरा ।

पोखरा महानगरपालिकाको पाँचौ नगरसभा २०७६ असार ८ गते हुने भएको छ ।

पोखरा महानगरपालिका नगरकार्यपालिकाको ३० औं पूर्ण बैठकले गरेको नगरसभा निर्णय गरेको हो । नगरसभा आरम्भ हुने दिनै आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश र १० गते बजेट पेश गर्ने महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Batas

महानगरपालिकाले निर्माण हुन बाँकी स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र, वर्थिङ सेण्टर छिट्टै निर्माण गर्ने निर्णय गरेको छ । यसअघि १३ वटा आधारभूत स्वास्थ्य केन्द्र, चार वटा शहरी स्वास्थ्य केन्द्र, ३ वटा बर्थिङ सेण्टरको भवन निर्माण गरिसकेको छ ।

यस्तै पोखरा महानगरपालिका वडा नं।–३३ स्थित तल्लो पुडीमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरी काम अगाडि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

महानगरपालिकामा स्थायी, अस्थायी र करार सेवाका कर्मचारीहरुलाई विभिन्न कोषकट्टी लगायतका सुविधा उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी सम्वन्धित सरोकारवालाको सुझाब लिई अगामी नगर सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम यस महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७६÷०७७ को पाँचौ नगर सभामा पेश गरिने बजेट, नीति, योजना, कार्यक्रम तथा बजेट तयारी गर्न समितिहरु समेत गठन गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.