www.tandavnews.com
Fact ~ In search of truth

गाेरखकाली रबर उद्याेग चलाउन र सुलिकाेटकाे तामाखानी उत्खनन गर्न सांसद दवाडीकाे माग

पोखरा
ताण्डव न्युज ।

गण्डकी प्रदेश सभाका सदस्य  प्रकाशचन्द्र दवाडीले अहिले सरकारले ल्याएको कार्यक्रमहरुले प्रदेशमा सन्तुलित विकास हुन नसक्ने बताएका छन् । मंगलबार संसदमा बोल्दै सांसद दवाडीले सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराका साथ ल्याएको विद्येयक राम्रो भएपनि कार्यक्रहरु सन्तुलित विकास हुने खालको नभएको बताएका हुन् ।

‘नारा राम्रो छ, उनले भने, ‘तर, धेरै अपुरो छ । म अपुरो कुरा भन्छु । योजना आएको छ । प्रदेशबाटै उपभोक्ता समिति बनाएर पठाएको छ । यसमा माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Batas

उनले पर्यटकिय क्षेत्रहरु घोषणा गर्दा अहिले पर्यटकिय गतिविधि भइरहने क्षेत्र समाबेश भएकोमा आपत्ती प्रकट गरे । ‘पर्यटकिय क्षेत्र घोषणा गरियो । पर्यटकिय क्षेत्रमा नयाँ क्षेत्रहरु समाबेश भएन । गतिविधि भइरहेकोलाई पर्यटकिय क्षेत्र भनेर मात्र आयो । यसरी सन्तुलीत विकास हुँदैन,’ उनले भने ।

पुँजीगत भन्दा चालु खर्च बढेको प्रति पनि उनले चिन्ता ब्यक्त गरे । ‘पुँजीगत हेर्दा र आय हेर्दा नेपालीको टाउकोमा ३३ हजार भार थपिएको छ । त्यसमा पनि हामीले ध्यान दिनुपर्छ । प्रदेशलाई समृद्धि बनाउँदा त्यसलाइ पनि ध्यान दिनुपर्छ । बजेट गोलमाल रुपमा आयो ।’ उनले भने । उनले सरकारले गाेरखकाली रबर उद्याेग जस्ता उद्याेगहरू तत्काल सञ्चालन गरेर युवा पलायनलाइ राेक्न पनि अाग्रह गरे । त्यस्तै गाेरखकाे सिरान्डाँडाकाे ढुंगा खानी र सुलिकाेटकाे तामा खानी सञ्चालनमा सरकारले ध्यान िदनुपर्नेमा जाेड िदए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.