www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२३ अपहरण काण्ड : बयानको विषयमा पीडितलाई दबाव, बच्चा मार्नेसम्मको धम्की !

पोखरा
ताण्डव न्यूज ।

आफूअनुकुल बयान पेश गरिदिन भन्दै पीडितलाई धम्की आएको छ । अपहरण तथा शरिर बन्धक कसूरको मुद्धामा बयानको विषयलाई लिएर धम्की आएको हो ।

गत भदौ ८ गते पोखरा २३का महादेब सापकोटालाई अपहरण गरी कुटपिट गर्दै बा १४ च ८२७९ नंको कारमा राखेर पोखरा २३मै रहेको ठेकेदार बसन्त लामाको फ्ल्याटमा थुनी राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले उद्धार गरेको थियो ।

Batas

उद्धारपछि प्रहरीले सोही ठाउँको खहरेखोलास्थित निर्माणधिन पुलबाट पोखरा २३का वडा सदस्य भरतराज भण्डारी, ठेकेदार बसन्त लामा, पोखरा २३ बस्ने टिकाराम भण्डारी ‘रामु’ र बागलुङ गलकोट ५ का मनोज खत्रीलाई पक्राउ गरेको थियो ।

असोज ५ गते मंगलबार न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजलासले थुनछेक बहसपछि ठेकेदार लामालाई १० लाख र अन्यलाई प्रतिब्यक्ति एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आज सोही मुद्धाबारे बयान छ । बयानअघि धम्की आएको पीडित सापकोटाले सुनाए ।

‘आज बयान दिन जान लाको, धम्की आयो । भाउजूलाई फोनमा केस सल्टाउन बयान मिलाउने भनेर कुरा गरेका रहेछन् । पोखरा २३का वडा सदस्य भरतराज भण्डारीका आफन्त पर्ने इश्वर भण्डारीले फोन गरेका थिए । पहिले पनि धम्की आइरहेको थियो । बच्चा मार्नेसम्मको धम्की पनि आएको थियो । यसबारे हामिले जिल्ला प्रहरी र बैदाम प्रहरीमा उजुरी पनि दिएका छौँ,’ पिडित सापकोटाले भने ।

यस विषयमा प्रहरीले ३,४ दिन अघि नै बकपत्रका लागि जानकारी दिनुपर्नेमा हिजो सोमबार मात्रै फोन गरेर आज बोलाएको पीडितले गुनासो गरेका छन् ।

फोन मार्फत बयानका लागि आएको धम्कीको अडियो ताण्डव न्यूजसँग सुरक्षीत छ ।

सम्बन्धीत न्यूज

ठेकेदार लामा र वडा सदस्य भण्डारी ‘अपहरण’ गरेको आरोपमा पक्राउ

अपहरण काण्ड : ‘गायब पार्ने योजना, ४ दिन थुनेर कुटे’

पोखरा-२३ अपहरण काण्ड : तीन जनालाई सात दिनकालागि म्याद थप

पोखरा-२३ अपहरण काण्ड : ठेकेदार लामासहित अन्य धरौटीमा रिहा

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.