www.tandavnews.com
Fact ~ In search of truth

नेकपा कार्यविभाजन बहस लम्बियो

पोखरा ।

सतारुढ दल नेपाल कम्युनिष्ट पार्टीको कार्यविभाजन बहस अझै लम्बिने भएको छ ।

तीनदेखि बसिरहेको नेकपा सचिवालय बैठकमा नेतालाई दोहोरो जिम्मेवारी दिने नदिनेबारे शीर्ष नेताले अडान नछोडेपछि बहस लम्बिने भएको हो ।

Batas

नेकपामा ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन बहस चलिरहेको छ तर दोहोरो बहस टुंगोमा पुग्न सकेको छैनन् ।

नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली दोहोरो जिम्मेवारी दिँदा फरक नपर्ने पक्षमा छन् भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एउटै नेतालाई दाहोरो जिम्मेवारी दिन नहुने अडानमा छन् ।

कुनै नेताले चार वटा जिम्मेवारी पाउँदा कुनै नेता कामविहीन हुनु मापदण्ड विपरित हुने नेपाल पक्षको जिकिर छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.