www.tandavnews.com
Fact ~ In search of truth

वान्टेडमा रहेका गुण्डा नाइके राधे हतियारसहित पक्राउ

पोखरा ।

प्रहरीको वान्टेडमा रहेका गुण्डा नाइके राधे भण्डारी हिजो बुधबार साँझ पक्राउ परेका छन् ।

हातहतियार सहित धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट पक्राउ परेको प्रदेश ३ प्रहरीले जानकारी दिएको छ । गोप्य सुचनाको आधारमा पक्राउ गर्न पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

Batas

उनको आक्रमणबाट प्रहरीको गाडीमा क्षति पुगेको छ । राधेले स्थानीयलाई हतियार देखाउँदै धम्काउने गर्दै आएका थिए । उनले धादिङमा ठेक्का पट्टा,अबैध बालुवाखानीलगायतको कमिसन लिने जनाइएको छ।

गुण्डा नाइके राधे नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.