www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीको बजेट आज आउँदै, करिब ३० अर्बको बजेट ल्याउने तयारी

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशको बजेट आज आउँदै छ ।

मुलुक संघीय संरचनामा गएपछि गण्डकी प्रदेशसगै सातै प्रदेश सरकारहरुले आज दोस्रो पटक बजेट ल्याउँदैछन् ।सातवटै प्रदेशले आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउन लागेका हुन् । ।

Batas

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन्। गण्डकी प्रदेशले आगामी आर्थिक बर्षका लागी ३० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। गण्डकीले करिब ६ अर्बले वृद्धि गरी बजेट ल्याउन लागेको हो ।

प्रदेश नम्बर १ ले गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ९३ करोडको बजेट सार्वजनिक गरेको प्रदेश नम्बर १ ले आगामी आर्थिक बर्षका लागी करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको प्रदेश योजना आयोगले जनाएको छ ।

machhapuchre
madi

प्रदेश नम्बर २ ले करिब ३२ देखि ३४ अर्ब रुपैयाँ सम्मको बजेट ल्याउने गृहकार्य गरेको छ। चालु आर्थिक बर्षका लागी २९ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश नम्बर २ ले करिब ४ अर्बको बजेट बृद्धि गर्दै बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश नम्बर ३ ले सबैभन्दा धेरै ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

पहिलो वर्ष ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट ल्याएको प्रदेश नम्बर ३ ले आगामी आर्थिक बर्षका लागि करिब ५० अर्ब हाराहारीको बजेट ल्याउने गृहकार्य गरेको हो। प्रदेश नम्बर ५ ले झन्डै २५ प्रतिशतले बजेट वृद्धि गर्ने गरी ३५ अर्ब हाराहारीको ल्याउँदै छ।

प्रदेश नम्बर ५ ले पहिलो वर्ष २८ अर्बको बजेट ल्याएको थियो। यस्तै कर्णाली प्रदेशले केन्द्र सरकारसँग ऋण नलिने गरी बजेट ल्याउने जनाएको छ। बजेटको आकार भने ३० देखि ३२ अर्ब रुपैयाँ हाराहारीको हुने जनाइएको छ । सुदूरपश्चिम प्रदेशले सबैभन्दा सानो बजेट ल्याउने तयारी गरेको छ । गतबर्ष २५ अर्ब रुपैंयाको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले अहिले करिब ४ अर्ब रुपैयाँले बजेट वृद्धि गरेर बजेट ल्याउने तयारी गरेको छ।

प्रदेशहरुले पहिलो बजेटमध्ये औसतमा २२ प्रतिशत मात्र खर्च गरेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.