www.tandavnews.com
Fact ~ In search of truth

शिक्षक लाइसेन्सको लागी विज्ञापन खुल्यो

पोखरा ।

शिक्षक सेवा लोकसेवा आयोगले लाइसेन्सको लागि विज्ञापन खुला गरेको छ । आयोगले अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन गरेको हो ।

अध्यापनका लागि इच्छुक व्यक्तिले लाइसेन्सका लागी फर्म भर्न सक्नेछन् । आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिकको लागी एकैपटक विज्ञापन खुलाएको हो । यस पटक आयोगले अनलाइन फारम प्रणालीको सुरुवात गरेको छ भने इच्छुकले पाँच प्रकारको विज्ञापन गरेको छ ।

Batas

प्राथमिक तहको अध्यापन अनुमति पत्रका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४ सय पूर्णाङकको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

निम्न माध्यमिक तहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २ सय पूर्णाङक सहित परीक्षा दिन चाहेको कुनै एक विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको हुनुपर्नेछ ।

यस्तै माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ३ सय पूर्णाङक सहित परीक्षा दिन चाहेको कुनै एक विषयमा कम्तीमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको हुनु पर्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.