www.tandavnews.com
Fact ~ In search of truth

चिरञ्जिवी भूर्तेलको नेपाली सर्ट फिल्म ‘चिटिङ’ रिलीज(भिडियो)

पोखरा,
ताण्डव न्यूज ।

पोखरेली सञ्चारकर्मी चिरञ्जीवी भूर्तेलको सर्ट फिल्म ‘चिटिङ’ रिलीज भएको छ ।

कोभिड –१९ले मनोरञ्जनका माध्यम भइरहेका बेला भूर्तेलले आम दर्शकलाई मनोरञ्जन प्रदान गर्नका लागि सचेतनामुलक छोटो चलचित्र ‘चिटिङ’ रिलीज गरेका हुन् ।

Batas

भुर्तेलले उक्त सर्ट फिल्म सीबी भुर्तेल युट्युब च्यानल मार्फत रिलीज गरेका छन् ।यस फिल्मको लेखन, निर्देशन, छायाङकन र सम्पादन चिरञ्जीवी भूर्तेल स्वयम्ले गरेका हुन् । यस फिल्मका निर्माता प्रकाश सिहं भण्डारी रहेका छन् ।

सी.वी प्रोडक्सनले निर्माण गरेको यस फिल्मको कथा विष्णु बरालले लेखका हुन् ।फिल्ममा पूजन कार्की‘काजी’, प्रकाश सिंह भण्डारी, प्रमिला पौडेल, सारा बस्यालको अभिनय रहेको छ ।

समाजमा घटीरहने , सबैले भोगेका, देखेका कुरालाई कथामा बुनेर उनले थुप्रै सामाजिक सन्देश मुलक छोटा चलचित्र निर्माण गरिसकेका छन् । यसैमध्ये ‘चिटिङ’समाजमा भइरहेका एउटा सन्देशमुलक विषय रहेको उनले बताए । यस विषयलाई दर्शकले रुचाउनेमा उनी विश्वस्त रहेका छन् ।
उनले हाल सम्म २० भन्दा बढी सर्ट फिल्म लेखन तथा निर्देशन गरिसकेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.