www.tandavnews.com
Fact ~ In search of truth

सभापति देउवालाई बोल्न समय नदिएको काँग्रेसको आरोप

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गरेकोमा सभामुख कृष्णबहादुर महराले बोल्न समय उपलब्ध नगराएको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालयद्वारा जारी विज्ञप्तिमा विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको ‘वेल’ घेर्नुपर्ने अवस्था सिर्जना भएको तथा सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको गैरउत्तरदायी कार्य भएको भनी टिप्पणी गरिएको छ ।

प्रधानमन्त्री युरोप भ्रमण जाँदा सदनलाई कुनै जानकारी नदिएको र भ्रमणको पाँच दिनपछि मात्र राष्ट्रपति कार्यालयको पत्रबाट सदनलाई प्रधानमन्त्रीको युरोप भ्रमणबारे जानकारी भएको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Batas

यसैगरी सो पार्टीले मङ्गलबार प्रतिनिधिसभा बैठकमा भएको घट्नाको व्यवहारले ‘सरकार बहुमतको, संसद् प्रतिपक्षको’ भन्ने मान्यता कार्यान्वयन नभएको भनी टिप्पणी गरेको छ ।काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सभामुखले बैठक अघि नबढाई सोझै प्रधानमन्त्रीलाई बोल्न निम्त्याएर प्रतिपक्षी स्वरलाई निषेध गर्न खोज्दा संसद्मा द्वन्द्व भएको आरोप लगाएका छन् ।

संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्नुपूर्व प्रतिपक्षी नेताले आम नागरिकका चासोका विषयमा कुरा राखिसकेपछि प्रधानमन्त्रीले त्यसउपर आवश्यक सम्बोधन गर्दा लोकतान्त्रिक, व्यवहारिक र हार्दिक हुने विज्ञप्तिमा उल्लेख छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.