www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीमा लागूऔषध सहित ३ पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पुर्वी नवलपरासीमा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् ।

कावासोती नगरपालिका-९चालिस किलो स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको (RSCC) चेकिङ टोलीले चेकजाच गर्ने क्रममा ३ जनालाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Batas

पक्राउ पर्नेमा गोरखाको पालुङ्टारका २२ वर्षीय पुर्णमान श्रेष्ठ, नवलपरासीको गैडाकोट नगरपालिका(६ का अन्दाजि वर्ष १८ का बिनोद बि।क। र पाचथरको तुम्बेवा गाउँपालिका(१ का वर्ष १८ का कबिर योन्जन रहेका छन् ।

पक्राउ परेका बिनोद र पुर्णमानबाट गरी जम्मा ५१ थान लागूऔषध साथै योन्जनबाट ४३३ थान लागूऔषध ट्याबलेट प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबैजना माथि थप अनुसन्धान भईरहेको प्रहरीले छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.