www.tandavnews.com
Fact ~ In search of truth

बारपाक सुलिकोटमा बन्यो सांसद दवाडी र जनताको सपनाको सडक

पोखरा
ताण्डव न्युज ।

गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले चुनाबी बाचा पुरा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तरगत सुलिकोट वडा नम्बर ७ र ८ जोड्ने सडक मार्ग निर्माण गरेर उनले चुनाबी बाचा पुरा गरेका हुन् । सांसद दवाडीको पहलमा ग्याजी, रातमाटे, खार्चाेक भञ्ज्याङ सडक निर्माण भएको हो ।

‘यो ठाउँमा सडक निर्माण गर्ने मेरो सपना थियो,’ सांसद दवाडीले भने, ‘मेरो मात्रै हैन यहाँका जनताको पनि सपना थियो । आज मैले मेरो तर्फबाट हुने, सक्ने पहल गरेँ । सक्रियता देखाएँ । निरन्तर अनुगमनमा खटेँ बाटो बन्यो ।’

Batas

ग्याजी हुँदै रातमाटे सडक पुगेपछि सांसद दवाडीलाई गाउँलेले भब्य स्वागत गरे । रातमाटेमा सडक पुगेपछि गाउँलेहरुले सांसद दवाडीसँगै सडक डिभीजन कार्यालय लम्जुङका प्रमुख राम पराजुली, प्राविधिकहरु प्राविधिक प्रल्हाद दाहाल र रबिन्द्र तिवारीलाई पनि फूलमालाले भब्य स्वागत गरे । सडक खन्नेकाम अझै जारी रहेको सांसद दवाडीले जानकारी दिए । उक्त सडकबाट त्यस क्षेत्रका करिब ४०० घरधुरीका जनता लाभान्वीत हुनेछन् । रातमाटे खण्डमा शुक्रबार सांसद दवाडीले सडक उद्घाटन समेत गरे । उत्त सडक प्रदेश सरकारबाट बिनियाेजन भएकाे ८० लाख रूपैयाँकाे लागतमा निर्माण भइरहेकाे छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.