www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा नम्बर प्लेट छोपेर किन हुइकिन्छन् चाइनाका गाडी ?

पोखरा
ताण्डव न्यूज ।

भारत र चीनसँग खुल्ला सिमाना जोडीएको देश हो,नेपाल । खुल्ला सिमाना भएकै कारण भारतिय नम्बर प्लेटका सवारीहरु भन्सार कर तिरेकै भरमा नेपालका जुनसुकै जिल्लामा सहजै पुग्छन् । तर, मुस्ताङको कोराला नाका हुँदै नेपाल प्रवेश गर्ने चीनका सवारी साधनहरु भने भन्सार पास बिनै हुँइकिन्छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रिले भने चाइनीजले बनाइरहेको सोलार प्लान्ट हेर्नका लागि चाइनीज सवारी आउने गरेको बताउँछन् । नम्बर प्लेट किन छोपेर आएको भन्ने प्रश्नाम उनले भने,‘सोलार प्यानल अनुगमन गर्न आउँछन् । हामीलाई खबर गरेर आउँछन् । भन्सार भने तिर्दैनन् ।’

Batas

त्यसरी आउने गाडी इलाका प्रशासन कार्यालय लोमान्थाङ अगाडी हुँदै आवतजावत गर्ने गर्छन् । कोरला प्रवेश गरेका चाइनीज सवारीमा चीनकै सुरक्षा दलका पदाधिकारीहरु पनि आउने गरेको प्रमुख जिल्ला अधिकारी क्षेत्रिले स्वीकारे ।

नेपाली सवारी चीन तर्फको भूभागमा जाँदा चिनिया सुरक्षाकर्मीको तत्कालै रोक्ने तर, चाइनीज सवारी नेपाल तर्फ आउँदा विना रोकतोक आउने स्थानीय बताउँछन् । चीनतर्फबाट आएका सवारीलाई नेपाली सुरक्षाकर्मीहरुले समेत रोक्दैनन् ।

‘सीमामा पुग्दैमा चीनको सुरक्षाकर्मी टाठो भएर बस्छन्, बाइकमा गाडीमा गयो भने त रोकेरै सोध खोज गर्न थाल्छन्,’ एक स्थानीयले भने, ‘उताबाट आउने सवारीलाई न नेपाली सुरक्षाकर्मीले चेकजाँच गर्छन । न त्यो गाडी ल्याउनेले भन्सारम पास लिएको छ । उताबाट सवारी सधैँजसो आइरहन्छन । कसैको रोकतोक हुँदैन ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.