www.tandavnews.com
Fact ~ In search of truth

सांसद ब्याटल : ‘करप्रसाद’ भर्सेस ‘छेरबहादुर’

काठमाडाैँ
ताण्डव न्यूज ।

छन्द मिलाएर एक अर्कालाई प्रतिउत्तर दिइने र्याप ब्याटल जस्तै आज संसदमा सांसदको ब्याटल नै चल्यो । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबादुर देउवालाई लिएर सांसदहरु र्याप ब्याटलकै छनक देखिने गरि प्रस्तुत भए ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकार असफल हुँदै गएको, काण्डै काण्डमा फसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’को उपमा दिए ।

Batas

सांसद चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तारुढ दलका सांसद झपट रावलले यस्ता असभ्य र अमर्यादित भाषा संसदको रेकर्डबाट हटाउन माग गरे । ‘प्रधानमन्त्री केपी ओलीलाई ‘करप्रसाद, झुटप्रसाद’ भन्नुभएको छ,’ उनले भने , ‘हामीले पनि प्रतिपक्षी दलका नेतालाई शेरबहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न बाध्य भयौं भने के हुन्छ ?’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.