www.tandavnews.com
Fact ~ In search of truth

पोखरा उद्योग वाणिज्य संघ सदस्यमा सुदिप प्रधानाङ्गको उम्मेदवारी

पोखरा।

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिती सदस्यका लागि युवा व्यवसायी सुदिप प्रधानाङ्गले उम्मेद्धवारी दिएका छन् ।

संघको आसन्न ३३ औं महाधिवेशनका लागि युवा व्यवसायी प्रधानाङ्गले कार्यसमिती सदस्यका लागि उम्मेदवारी दिएका हुन् । युवा पुस्ताले पनि व्यवसायीको नेतृत्व गरि व्यवसायिक हकहितमा लाग्नुपर्ने अवधारणा लिएर उम्मेदवारी दिएको प्रधानाङ्गले बताए ।

Batas

छोटो समयमै व्यावसायिक सफलता हात पार्न सफल प्रधानाङ्गको पोखरा विरौटामा विरौटा हार्डवयर एण्ड सेनेटरी, श्रेयङ्गस सप्लार्यस रहेको छ ।

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यहि पौष २४ र २५ गते ३३ औं महाधिबेशन हुँदैछ । व्यवसायीहरु फरक फरक २ प्यानलमा बिभाजित भएर आफ्नो पक्षमा मत मागिरहेका छन् । कार्यकारिणी सदस्य पदका लागि प्रधानाङ्गले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

आफु विगत ९ वर्षदेखि व्यवसायमा संलग्न रहेको र व्यवसायका समस्याबारे जानकार रहेको बताउँदै कुनैपनि पार्टी र संगठन भन्दापनि नितान्त व्यावसायीका हकहित र समस्या सम्बोधनका लागि नै आफुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए ।

उनीसंग सेल्सम्यान, मार्केटिङ्ग लगायतको अनुभव रहेको छ ।नयाँपुस्ताका युवा व्यवसायीहरुको प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी भएकाले मतदाताले मत दिनेमा आफु विश्वस्त रहेको उनले सुनाए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.