www.tandavnews.com
Fact ~ In search of truth

चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छः पूर्वसहमहामन्त्री जोशी

तनहुँ

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताएका छन् ।

“चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छ”, आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ ।” कुनै दलबाट पनि सहकार्यका लागि प्रस्ताव नआए आआफ्नो तरिकाले चुनाव लड्न सकिने नेता जोशीले बताए ।

Batas

तनहुँ क्षेत्र नं १ मा रहेका ४२ वटा वडामध्ये ४० वडाका ९० स्थानमा पुग्दा स्थानीय जनताको उत्साह आफूप्रति मिलेको उल्लेख गर्दै उनले त्यसक्षेत्रका जनताले ५ वर्ष सक्रिय राजनीतिमा आई दिन आकांक्षा जाहेर गरेको बताए । माघ मसान्तसम्म पालिकास्तरी भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।

कांग्रेसको संगठन बिस्तारमा आफ्नो धेरै लगानी भएको र विसं २०१७ मा नेकां तनहुँको आफूले नै स्थापना गरेको उनको भनाइ थियो ।

 

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.