www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थप ५ दिन निषेधाज्ञा गर्न सिफारिस

पोखरा
ताण्डव न्यूज ।

जारी निषेधाज्ञा लम्ब्याउन सिफारिस गरिएको छ । पोखरा महानगरपालिकाको कोरोना रोकथाम मुल समितिले महानगरमा थप ५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको हो ।

समितिको आज बसेको बैठकले कोरोना संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा निषेधाज्ञा जारी राख्न सिफारिस गरेको बैठकमा सहभागी एक सदस्यले ताण्डव न्यूजलाई बताए । यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर जारी गरेको निषेधाज्ञा आज राति १२ बजेपछि सकिदैछ ।

Batas

महानगरको सिफारिसमाथी जिल्लाको कोभिड-१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर (सिसिएमसी)ले छलफल गरेर निषेधाज्ञाको टुङ्गो लगाउनेछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.