www.tandavnews.com
Fact ~ In search of truth

जनार्दन शर्मा साेधे ‘मुठभेडमा मारिएका पौडेलको हात कसरी ६/७ ठाउँमा भाँचियो ?’

ताण्डव न्यूज । 

सत्तारुढ नेकपाका नेता एवं पूर्व गृहममन्त्री जनार्दन शर्माले विप्लव समूहलाई प्रतिवन्ध लगाउन आवश्यक नभएको बताएका छन् ।

सोमबार राज्य व्यवस्था समितिको बैठकमा नेता शर्माले विप्लव समूहलाई प्रतिबन्ध लगाएर राज्यले थप उत्तेजित पार्ने काम गरेको आरोप लगाए । उनले सबैपक्षलाई वार्तामा ल्याइ समस्याको समाधान गर्न सुझाव दिए ।

Batas

नेता शर्माले बैठकमा विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलको मुठभेडमा मृत्यु भएको भन्ने सरकारी दाबीलाई पत्याउन नसकिने बताए । उनले मुठभेडमा मारिएका व्यक्तिको हात कसरी पाँच ठाउँमा भाँचियो भन्दै गृहमन्त्री रामबहादुर थापासँग प्रश्न गरे ।

यसअघि गृहमन्त्री थापाले पौडेललको प्रहरीसँगको मुठभेडमा मृत्यु भएको बैठकमा जानकारी गराएका थिए । तर घटनाको छानवीन गर्न सकिने गृहमन्त्रीको भनाइ थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.