www.tandavnews.com
Fact ~ In search of truth

सभापति देउवाद्धारा जागरण अभियानका प्रतिनिधिसँग छलफल सुरु

पोखरा ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जागरण अभियानका कार्यकर्तासँग छलफल सुरु गरेका छन् ।

जागरण अभियान अन्तर्गत प्रथम चरणको ७७ वटै जिल्लाका केन्द्रिय प्रतिनिधिहरुसँगको देउवाले छलफल तथा अन्तरक्रिया थालेको छ ।

Batas

आजबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरुसँग छलफल शुरु भएको हो । छलफलमा बोल्दै देउवाले पहिलो चरणको कार्यक्रमले पार्टीका कार्यकर्तामा नयाँ उर्जा ल्याएको बताए ।

साथै कार्यक्रममा भएका समस्याहरुको विषयमा कुरा राख्न प्रतिनिधिलाई अनुरोध गरे । सभापति देउवाले पहिलो चरणको अभियानमा भएका घटीकमीलाई सुधार्दै दोस्रो र तेस्रो चरणको अभियानलाई प्रभावकारी बनाउने बताए ।

दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवस सम्मका जागरण अभियानको कार्यसूची सार्वजनिक गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.