www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा २ मा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन

पाेखरा।
स्याङ्जा २मा पुन: मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।

स्याङ्जा २मा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको हाे ।

स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए ।

Batas

मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा विवाद भएपछि स्याङ्जा २मा पुन: निर्वाचन गराउन माग गरिएको थियो।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.